neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Jul 6th, 2020

काठमाडौं, २२ असार

बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार ठेगाना भएका ५५ वर्षीय राजमान सुनार र तारकेश्वर नगरपालिका-१५ ठेगाना भएका ४१ वर्षीय विश्वमर्दन बस्नेत रहेका छन् । सुनारलाई काठमाडौं तारकेश्वर र बस्नेतलाई काठमाडौं धर्मस्थलीबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये सुनारलाई उच्च अदालत पाटनको २०७६ फागुन २१ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १४ लाख ६९ हजार ६ सय ४० रुपैयाँ र ५ दिन कैद तथा बस्नेतलाई उच्च अदालत पाटनको २०७६ फागुन १८ गतेको फैसलाले १३ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका थिए ।

उनीहरुले आफ्नो खातामा रकम मौज्दात नभएको भन्ने जानि जानि झुक्यानमा पारी रकम भुक्तानको लागि विभिन्न व्यक्तिहरुलाई विभिन्न बैंकको नाममा रहेका चेक काटी दिई हालसम्म फरार रहेको अनुसन्धानबाट खुल्न आएको उक्त ब्यूरोले जनाएको छ ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi