neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारले हालसम्म गर्यो बिदेशमा अलपत्र परेका १८ हजार भन्दा बढीको उद्धार

सरकारले हालसम्म गर्यो बिदेशमा अलपत्र परेका १८ हजार भन्दा बढीको उद्धार

Jul 5th, 2020

काठमाडौ, असार २१

सरकारले हालसम्म बिदेशमा अलपत्र परेका १८ हजार भन्दा बढीको उद्धार गरेको छ । सिसिएमसीका अनुसार यही असार २० गतेसम्म भने बिभिन्न देशबाट १८ हजार दुुई सय ९४ जनाको उद्धार गरेको जानकारी गरिएको हो ।

आईतबारमात्र सिसिएमसीले कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण बिदेशमा अलपत्र परेका झण्डै छ सय नेपाली स्वदेश फिर्ता ल्याएको छ । सिसिएमसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा आज आईतबार तीन वटा देशबाट उक्त संख्यामा नेपाली स्वदेश फर्किएका हुुन ।

सो मध्ये कतारबाट दुुई वटा उडान मार्फत क्रमश एक सय ४७ र एक सय ५२, युुएईबाट एक सय ४९ र कुवेतबमट एक सय ५६ जना रहेकाछन । उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिड सेन्टरहरुमा लगिएको छ । त्यहाँ उनीहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहहरुले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाईएको सिसिएमसीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi