काठमाडौं, २१ असार
२९ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई गोकर्णेश्वर नगरपालिका-७ माकलबारीबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बेशिगाउँ बस्ने दोलखा गौरी शंकर गाउँपालिका-४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय भुवन बिष्ट रहेका छन् ।
मादक पदार्थ सेवन गरी ती महिलालाई नसालु पदार्थ खुवाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।