आधारभूमि संवाददाता
काठमाडौ, असार २१
काठमाडौंमा थप ३० जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ३० जनाको पिसिआर पोजेटिभ आएको बताए ।
नयाँ संक्रमितमा काठमाडौंका २७ जना, भक्तपुरका १ जना र ललितपुरका २ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट चार हजार ७१० जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ३१ हजार ५७३ रहेको छ । त्यसैगरी आइसोलेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या नौ हजार २०३ छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।