neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले असार २६ गते राजधानीमा विरोध प्रदर्शन गर्ने

ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले असार २६ गते राजधानीमा विरोध प्रदर्शन गर्ने

Jul 5th, 2020

काठमाडौ, असार २१

राप्रपा सम्वद्ध श्रमिकहरुको संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आगामी असार २६ गते विविध विषयमा सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गर्ने भएको छ । महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा आज सम्पन्न टुकोन केन्द्रीय कार्य समितिको बैठकले कोभिड १९ को महामारीको अवस्थामा लकडाउनका कारण विचल्लीमा परेका सम्पूर्ण श्रमिकहरुलाई यथोचित राहतको व्यवस्था गर्न, रोजगारी कटौती नगर्न र लकडाउनको अवधिमा श्रमिकहरुको पारिश्रमिक कटौती नगर्न नेपाल सरकार सहित सरोकारवाला सम्पूर्ण उद्योगी, व्यवसायीलाई आग्रह गरेको छ ।

कोरोनाको महामारी दिनानुदिन बढिरहेको वर्तमान अवस्थामा आन्तरिक द्वन्द्वमा नलागि परिक्षणको दायरा बढाउन तथा सर्वसुलभ परिक्षणको निमित्त आवश्यक किटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै महामारी फैलाउने केन्द्रका रुपमा देखिएको क्वारेन्टाइनको व्यवस्थापनमा विशेष ध्यान दिई महामारी न्यूनिकरणतर्फ लाग्न महासंघले नेपाल सरकार लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । छिमेकी देशहरुबाट भएको सिमा अतिक्रमणबारे शिघ्रातिशिघ्र उनीहरुसँग ठोस संवाद गरि आफ्नो अतिक्रमित भूमि फिर्ता गर्न एक विज्ञप्ति मार्फत महासंघले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi