neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनाधिकृत पहुँच फरार रहेका प्रतिवादी पक्राउ

कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनाधिकृत पहुँच फरार रहेका प्रतिवादी पक्राउ

Jul 5th, 2020

काठमाडौ, असार २१

कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनाधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका प्रतिवादी पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाका अनुसार कृषि विकास बैंक मुख्य कार्यलय तथा शाखा कार्यालय न्यूरोड काठमाण्डौ समेतबाट अपराधिक समुहका ब्यक्तिहरुले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएको र बैंकलाई हानी नोक्सानी पुर्याउने कार्यमा संलग्न रही फरार रहेका धादिङ रुबिभ्याली गाउँपालिका वडा नं.२ घर भई हाल काठमाडौको तारकेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने ३६ बर्षिय सौजन तामाङ पक्राउ परेका हुुन ।

प्रहरीका अनुसार तामाङलाई अपराध महाशाखाबाट खटिएको टोलीले शनिवार बेलुका अ. १७ः३० बजेको समयमा ललितपुर म.न.पा.वडा नं.४ जाउलाखेलबाट पक्राउ गरिएको हो । संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि पक्राउ परेको तामाङलाई सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पठाईएको महाशाखाले जनाएको छ ।

यसअघि मिति २०७६।०६।०७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा जम्मा रु. ४९,५०,०००।– रकमान्तर भएको रकमबाट रु .९,५०,०००।– भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न रु. २०,००,०००।– को चेक पेश गरेको अवस्थामा शंका लागि सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका ब्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा अपराधिक व्यक्तिहरुको समुहले बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि जम्मा रु.४,८८,४६,०००।–रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पु(याएको भन्ने सूचना प्राप्त हुन आई यस महाशाखाबाट उक्त घटनाको अनुसन्धान गर्दा मिति २०७६।०६।०७ गते श्रवन कुमार श्रेष्ठ,सुनिता श्रेष्ठर शुभशंकर पन्जालाई पक्राउ गरी निजहरुलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारवाहीको लागि परिसर काठमाण्डौ पठाईएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi