neapl investment mega bank
  • गृहपृष्ठ
  • बिएस ६ मापदण्ड अनुरुप २०२० संस्करण फोर्ड एन्डेभर नेपाली बजारमा

बिएस ६ मापदण्ड अनुरुप २०२० संस्करण फोर्ड एन्डेभर नेपाली बजारमा

Jul 5th, 2020

काठमाडौ, असार २१

फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ ।, नेपालमा यसको मूल्य रु १.४९ करोड रहेको छ ।

१४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको छ । एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ ।

उत्कृष्ट पर्फरमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशन युक्त यो कार सेलेक्ट सिफ्ट टेक्नोलोजी युक्त सेग्मेन्टको पहिलो गाडी हो साथै चाहेको दायरामा रहेर गियर लक गने सुविधा पनि यसमा रहेको छ ।

पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयर ब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ साथै आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमाराखिएका छन् ।



डिजेल गेम चेंन्जर – अल न्यू फोर्ड २.० लिटर ईको ब्लू इन्जिन

२०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिनका कारण इंधन र पर्फरमेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ ।