neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध लागूऔषध गाँजा सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध गाँजा सहित पक्राउ तथा बरामद

Jul 5th, 2020

काठमाडौं, २१ असार

बारा, जितपुर सिमरा उपमहानगरपालिका-१४ दुधौरा खोला नजिकबाट सोही ठाउँ बस्ने बासुदेव महतोलाई करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले महतोलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

भोजपुर, हतुवागढी गाउँपालिका-९ हम्बुफा बस्ने जस बहादुर राईको घरबाट करिब ३५ केजी अवैध लागूऔषध गाँजा शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त घरमा गाँजा लुकाईछिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले प्लास्टिकको बोरामा लुकाईछिपाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा बरामद गरेको हो । फरार रहेका जस बहादुरको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi