neapl investment mega bank
  • गृहपृष्ठ
  • लुकाईछिपाई राखेको बाघको छाला र हड्डी सहित मानिस पक्राउ

लुकाईछिपाई राखेको बाघको छाला र हड्डी सहित मानिस पक्राउ

Jul 5th, 2020

बाँके, २१ असार

राप्तीसोनारी गाउँपालिका-१ सिमलघारी बस्ने ४६ वर्षीय नवराज घर्ती मगरलाई बाघको छाला र हड्डी सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कुसुम र ५ नम्बर प्रदेश ब्यूरो दाङबाट खटिएको प्रहरीले सोही ठाउँस्थित नवराजकै मकै बारीमा उक्त छाला र हड्डी लुकाई राखेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi