काठमाडौँ, २१ असार
काठमाडौं, महानगरपालिका-२६ म्हैपिस्थित टोखा नगरपालिका-३ सुर्यदर्शन हाईट बस्ने ४५ वर्षीय राजेन्द्र आचार्यको सप्रश्री माईक्रो ग्यारेजमा आइतबार बिहान आगलागी हुँदा ८ वटा माईक्रो बस पूर्णरुपमा जलेर करिब ५ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागी भएका स्थानहरूमा तत्काल खटिएको स्थानीय प्रहरीले दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।