neapl investment mega bank

मन्त्री घिमिरेद्वारा योजनाको अनुगमन

Jul 5th, 2020

विराटनगर, २१ असार /रासस

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङ क्षेत्र नं ४ (ख) मा निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको अनुगमन गर्नुभएको छ । उहाँले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सांसद विकास कोष र भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित बजेटका योजनाको आज अनुगमन गर्नुभएको हो ।

ती योजनामा विराटनगर–८ का योजना आरके चिल्ड्रेन अगाडिको सडकमा ५२ लाख, जयनेपाल र कालिका मार्गमा २१ लाख ४० हजार, अशोक चोक खानेपानी आयोजनामा एक करोड, समता मार्गमा २० लाख, निर्मल जलमार्गमा १० लाख र छठिमाई मन्दिर विश्वकर्मा चोक बलुबाहीमा रु १० लाख छुट्याएको छ ।

यसैगरी बलुबाही सामुदायिक भवनमा १० लाख, ज्ञानकुञ्ज स्कुल बलुबाहीको शौचालय निर्माणमा पाँच लाख, अमर सेवा समितिको सामुदायिक भवनमा ४० लाख, महेन्द्र माविको खानेपानी निर्माणमा पाँच लाख, बद्रीनारायण मार्ग ज्ञानबहादुर कार्कीको घर जाने सडकमा १० लाख, बालगोपाल टोल मिलन मार्गमा १० लाख र विराटेश्वर वृद्धाश्रमममा रु चार लाख विनियोजित छ ।

उहाँले विराटनगर–८ का बासिन्दासँग योजनाबारे छलफल गर्नुभएको थियो । सो अवसरमा उहाँलाई स्थानीय बासिन्दाले समस्याबारे जानकारी गराएका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi