neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोनाबाट थप दुई जनाको मृत्यु ,मृतकको संख्या ३४ पुग्यो

कोरोनाबाट थप दुई जनाको मृत्यु ,मृतकको संख्या ३४ पुग्यो

Jul 4th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २० असार

कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रुपन्देही र गोरखाका दुई पुरुषको मृत्यु भएको जानकारी दिए ।

प्रवक्ताका अनुसार शनिबार बिहान गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । उनि असार १७ गते कतारबाट नेपाल आएका थिए । उनको उपचारको क्रममा गएराति गोरखा अस्पतालमा मृत्यु भएको हो। उनि निमोनियया र डाइबेटिजका दिर्घरोगी थिए ।

यसैगरी रुपन्देहीको देबदह नगरपालिकाका पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनी क्षयरोग पीडित थिए। उनी क्षयरोगको उपचारका लागि असार १४ गते काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। निजको कोरोना पुष्टि असार १८ गते भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi