neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानसेनापतिद्बारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिद्बारा दर्ज्यानी चिन्ह प्रदान

Jul 4th, 2020

काठमाडौ, असार २०

प्रधानसेनापतिले सेनामा बढुवा भएकाहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेकाछन । सेनाका अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को यही असार १५ गतेको निर्णय बमोजिम मिति २०७७ आषाढ १५ गतेबाट उपरथी दर्जामा पदोन्नती हुन भएका सहायक रथी प्रेम शाही र सहायक रथी दर्जामा पदोन्नती भएका महा सेनानी प्रेम बहादुर पुनलाई शुुक्रबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन ।

पदोन्नती हुनु भएका उपरथी प्रेम शाहीलाई युद्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी र सहायक रथी प्रेम बहादुर पुनलाई प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको सेनाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi