neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोनाबाट काठमाडौंमा एक वृद्धको मृत्यु ,मृतकको संख्या ३२ पुग्यो

कोरोनाबाट काठमाडौंमा एक वृद्धको मृत्यु ,मृतकको संख्या ३२ पुग्यो

Jul 3rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १९ असार

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

ती वृद्धको असार १७ गते उपचारका क्रममा एक निजी अस्पतालमा मृत्यु भएको हो । वृद्धलाई रक्तचाप र पार्किन्सनको समस्या थियो । छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि वृद्धलाई अस्पताल भर्ना  गरिएको थियो आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको हो ।मृतक ती वृद्धको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको गाैतमले बताए।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi