neapl investment mega bank
  • गृहपृष्ठ
  • सुरक्षा मापदण्ड पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन

सुरक्षा मापदण्ड पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन

Jul 3rd, 2020

सुर्खेत, १९ असार

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुरक्षा मापदण्ड पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । पछिल्लो समयमा सुर्खेत बजार खुला भई नागरिक भीड बढ्दै गएको र तोकिएको सुरक्षा मापदण्डअनुरुप व्यवसाय सञ्चालन नभएको गुनासो आएपछि प्रशासनले मापदण्ड पालना गर्न निर्देशन दिएको हो । व्यवसाय सञ्चालन गर्दा अत्यावश्यक सेवाबाहेकका अन्य पसल हप्तामा कम्तिमा एक दिन बन्द गर्न व्यवसायीलाई सूचना गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिनुभयो ।

“व्यवसायीलाई बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल खुला गर्न र मूल्यसूची टाँस्न निर्देशन दिइएको छ”, सूचना अधिकारी लामिछानेले भन्नुभयो, “होटल, रेष्टुराँलगायत खाजा, नास्ता पसलमा होम प्याकबाहेक सैलुन तथा ब्यूटीपार्लरलाई पूर्ण बन्द गर्न सूचना गरिएको छ ।” उहाँका अनुसार जोर बिजोर प्रणालीबाट यातायात सञ्चालन गर्न अनुमति दिएको प्रशासनले तीन पाङ्ग्रेलाई भने पूर्णरुपले बन्द गर्न निर्देशन दिएको छ । फलफूल, तरकारी, दूध, ग्याँस, औषधिलगायत अत्यावश्यकीय पसल भने निर्वाध खोलिने प्रशासनले जनाएको छ । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi