neapl investment mega bank

बैंकिङ कसूरमा दुई पक्राउ

Jul 3rd, 2020

काठमाडौँ, १९ असार

बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-७ बस्ने ४४ वर्षीय राम ज्यापु र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ पैयुँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकी रहेका छन् । ज्यापुलाई भक्तपुर ठिमीबाट मंगलबार र बुढाथोकीलाई काठमाडौं कपनबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये ज्यापुलाई उच्च अदालत पाटनको २०७६ भदौ २ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ११ लाख ५० हजार रुपैयाँ जरिवाना र ३ दिन कैद तथा बुढाथोकीलाई उच्च अदालत पाटनको २०७६ माघ २४ गतेको फैसलाले १० लाख ५० हजार रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका थिए । साथै उनीहरुले आफ्नो खातामा रकम मौज्जात नभएको भन्ने जानी जानी रकम भुक्तानको लागि चेक काटी दिएको र उक्त चेकहरु बैंकबाट भुक्तान हुन नसकी चेक बाउन्स भएको अनुसन्धनाबाट खुल्न आएको थियो ।

पक्राउ दुवै जनालाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको उक्त व्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi