neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्रीले ह्याम्स अस्पताल पुगेर अनशनरत युवालाई भेट्नुभयो

प्रधानमन्त्रीले ह्याम्स अस्पताल पुगेर अनशनरत युवालाई भेट्नुभयो

Jul 2nd, 2020

काठमाडौँ, १८ असार

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको सबल व्यवस्थापनको माग गर्दै अनशनरत युवालाई भेट्नु भएको छ । प्रधानमन्त्री ओलीले आज ह्याम्स अस्पताल पुगेर ‘इनफ इज इनफ’ समूहका अनशनकारीको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।

भेटमा प्रधानमन्त्रीले सरकार कोभिड–१९ नियन्त्रण गर्न पारदर्शी ढङ्गले सक्रिय रहेको उल्लेख गर्नुभएको थियो । पाटन दरबार स्क्वायरमा गत सातादेखि अनशन बसेका युवाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi