neapl investment mega bank
  • गृहपृष्ठ
  • जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ

Jul 2nd, 2020

काठमाडौं, १८ असार

कपिलवस्तु, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुद्धोधन गाउँपालिका-१ सोहसा बस्ने ३४ वर्षीय दामोदर थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारुले ती किशोरीको घरमा कोही नभएको अवस्थामा ट्वाईलेटमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बगदी र ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-७ कुमालगाउँ बस्ने ३० वर्षीय बिकाश राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi