neapl investment mega bank

अवैध लागूऔषध सहित ३ जना पक्राउ

Jul 2nd, 2020

बाँके, १८ असार

नेपालगंज उपमहानगरपालिका-१५ पिपरहवाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २४ ग्राम सहित भारत उत्तर प्रदेश बहराईच थाना रुपैडिहा बस्ने २५ वर्षीय मुन्ताज अहिमद सिद्धिकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले लुकाई छिपाई ल्याउदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी नेपालगंज उपमहानगरपालिका-१० ट्राफिकचोकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको ११ सिसि कोरेक्स सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-८ बस्ने २३ बर्षीय राजु राई र सोही उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय अखिल अहमद जसगड रहेका छन् । जमुनाहबाट नेपालगंजतर्फ आउँदै गरेको भे.३ प ३४१२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi