neapl investment mega bank
  • गृहपृष्ठ
  • सहकारीमा बचत फिर्ता गर्ने बढे, पैसा अभाव हुने डरले कतिपयले कार्यालय नै खोलेनन्

सहकारीमा बचत फिर्ता गर्ने बढे, पैसा अभाव हुने डरले कतिपयले कार्यालय नै खोलेनन्

Jul 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असार १८

लकडाउनका कारण घरभाडा तिर्न नसकेका पसलेहरु होउन् वा त ठेलागाडा चलाउनेहरु , सबैसँग अहिले पैसा अभाव छ । त्यसका लागि उनिहरुले यसअघि सहकारीमा राखेको पैसा भटाभट निकाल्न थालेका छन् ।

ब्यापार व्यवसाय नभएपछि बिशेषगरि सहरी क्षेत्रका ब्यापारीहरुले सहकारीमा राखेको पैसा निकालेर घर जान खोजिरहेका छन् । न्युरोडमा खुलेका पसलहरुमा ब्यापार नभएपछि त्यो क्षेत्रका ब्यापारीले भटाभट सहकारीबाट पैंसा निकालिरहेका छन् । जसका कारण सहकारीमा अहिले तरलता अभावको भय सिर्जना भएको छ ।

तर सहकारी अभियन्ता होउन् या त सहकारी विभागका उच्च पदस्थ नै, सबैले यसलाई लसकाउन चाहन्छन् । तर ब्यापार व्यवसाय पुन सञ्चालन गर्नका साथै घरधन्दा चलाउन अहिले सहकारीबाट बचत फिर्ता लिने बढेको छ ।

तर आम्दानी नभएका कारण बचत गर्नेहरु भने छैनन् । जसका कारण आगामी दिनमा सहकारीहरुले ऋण दिन नसक्ने स्थिती आउने हो कि भन्ने भय पैदा भएको छ ।

ग्रामीण क्षेत्रमा रहेका सहकारीहरुमा भने खेतीकिसानीबाट प्राप्त आय र रेमिट्यान्सका कारण सहकारीहरुमा बचत बढेकै छ । तर सहकारी क्षेत्रमा सञ्चालित सहकारीहरुले भने ऋणको सावा र ब्याज उठाउन पाएका छन् नत बचत नै बढेको छ ।

लकडाउनका कारण ८० प्रतिशत सहकारीहरु प्रभावित भएको सहकारी सञ्चालकहरु बताउँछन् । रकम फिर्ता जाने डरले सहकारी क्षेत्रका केहि सहकारी त लकडाउन खुलेपछि पनि कार्यालय खालेका थिएनन् । जसका कारण विभागले १० दिन अघि सहकारीहरुलाई परिपत्र गर्दै सहकारी सञ्चालनमा ल्याउन निर्देशन नै दिनुपरेको थियो ।

पैसा निकाल्नेहरु बढेपछि तरलता अभाव हुने भयका कारण अहिले सहकारी क्षेत्रका विभिन्न विषयगत संघहरुले तरलता व्यवस्थापन कोषहरु बनाउन लागिरहेका छन् । सहकारी बैंकले आफ्ना सदस्यहरुमा तरलताको अभाव नहोस् भनेर ५ अर्ब रकम छुट्टाएको छ ।

तरलता अभावको स्थिती सिर्जना हुन थालेपनि यसको बारेमा खासै कोहि खुलाउन चाहदैनन् । किनकी अभावको कुरा बाहिर गयो भने रकम निकाल्ने लाइन लाग्ने हुन कि भन्ने सञ्चालकहरुमा भय छ ।