neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

Jul 1st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १७ असार

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम जिल्ला रामारोशन गाउपालिका–५ का एक ४५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनको यही असार १४ गते सोही ठाउँको वयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई असार १३ गते अचानक श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि वयलपाटा अस्पतालमा लगिएको थियो। उनी मधुमेह रोगको बिरामी थिए । मृत्यु भएकै भोलिपल्ट उनको स्वाब संकलन गरिएको थियोे र असार १६ गते सङ्क्रमण पृष्टि भएको थियो । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi