neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

आफ्नै छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Jul 1st, 2020

दाङ, १७ असार

आफ्नै २७ वर्षीय छोरालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा दंगिशरण गाउँपालिका-५ नौबस्ता बस्ने ४६ वर्षीय खुसीराम चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सामान्य घरायसी बिबादका कारण खुसीरामले छोरालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi