neapl investment mega bank

लुभूमा खानेपानी पाइप लाइन विस्तार

Jul 1st, 2020

ललितपुर, १७ असार/ रासस
महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूबाट विष्णुडोल, बखन्नी चोक, न्याठ टोल हुँदै गोदावरी खोला तथा लुभू तल्लो चौतारादेखि गोदावरी पुलसम्मको तीन सडकखण्डमा खानेपानी पाइप लाइन विस्तारको काम भइरहेको छ । ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत लुभूमा खानेपानी सहज बनाउन ३० लाख रुपैयाँ प्रदान गरी उक्त काम अघि बढाउनुभएको हो ।

सो स्थानमा लगभग एक महिना पहिलेदेखि नै खानेपानी पाइपलाइन विस्तारको काम भइरहेको छ । विकास साझेदारी कार्यक्रममार्फत ३० लाख रुपैयाँ र लुभू खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निर्माण कमिटीमार्फत ६ लाख रुपैयाँ थप गरी ३६ लाख रुपैयाँमा धमाधम काम अघि बढिरहेको निर्माण कमिटीका अध्यक्ष सानुकान्छा श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यी तीनै वटा सडकखण्डको दायाँ र बायाँ गरी दुवै स्थानमा दुईदुई वटा पाइप बिछयाइरहेका छौँ ।” सो पाइप एकथरि ६३ एमएम ६ केजी प्रेसरको छ । टयाङ्कीदेखि चुनदेवी हुँदै गक्ष्यटोलसम्म बिछयाइएको पाइप भने ९० एमएम ६ केजी प्रेसरको ३ सय ५० मिटर र १ सय १० एमएम ६ केजी प्रेसरको ४ सय ५० मिटर रहेको श्रेष्ठले बताउनुभयो ।

सो पानी १५ हजारमाथिका जनसङ्ख्याले उपभोग गर्ने संस्थाका अध्यक्ष इञ्जिनीयर रामबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो संस्थाभित्र रहेका यी सदस्यलाई हाल दैनिक छ लाख लिटर खानेपानी वितरण गर्न आवश्यक पर्छ तर पानी अभावका कारण एउटा घरलाई दैनिक ५ सय लिटर पानी दिइरहेका छौँ । पाइपलाई विस्तारपछि थप पानी वितरण गर्न सकिने छ । लुभूको मूलबाटोको उत्तरतर्फ बिहान र मूलबाटोको दक्षिणतर्फ भोलिपल्ट बिहान गरी पानी वितरण गर्छौँ ।”

सो संस्थासँग हाल डेढ लाख लिटरको एक, दुईदुई लाख लिटरको दुई र अन्य थप गरी कूल आठ लाख लिटरको पानी भण्डारण गर्ने क्षमता रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi