neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ

एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ

Jun 30th, 2020

पर्सा, असार १६

पर्सा जिल्लाको बीरगंज महानगरपालिका १७ स्थित सीमा ईलाकाबाट असार १५ गते एपीएफ टोलीले ९१ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको पोखरीया नगरपालिका २ बस्ने २८ वर्षिय मनोजप्रसाद यादव छन् । ना १५ प ५८३८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवलाई बरामद भारतीय रुपैयाँ र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi