neapl investment mega bank
  • गृहपृष्ठ
  • दाङमा क्वोरन्टिनमा बसेका दश हजार घर फिर्ता

दाङमा क्वोरन्टिनमा बसेका दश हजार घर फिर्ता

Jun 30th, 2020

नारायणपुर, १६ असार

दाङमा क्वारेन्टिनमा बस्नेहरुको सङ्ख्यामा कमी आएको छ । भारत तथा अन्य जिल्लाबाट आएका कूल ११ हजार ६९४ क्वोरन्टिनमा बसेकामा झण्डै दश हजार घर फर्केका छन् भने पाँच सय सङ्क्रमित भएर आइसोलेशनमा छन् । बाँकी एक हजार ५६८ जना मात्रै क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कमल चन्दले जानकारी दिनुभयो ।

जिल्लामा क्वारेन्टिनमा रहेकामध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ४५६ जना छन् । तुलसीपुर उपमहानगरपालिकामा १७३ र लमही नगरपालिकामा ४४ तथा गाउँपालिका राजपुरमा ६९, राप्तीमा ३२५, शान्तिनगरमा ७६, बंगलाचुलीमा ४३, गढवामा १२६, बबईमा १६४ र दंगीशरणमा ९२बाँकी छन् ।

दाङमा अहिलेसम्म जाँच गरिएकामध्ये आठ हजार ९५७ जनाको नतिजा नेगेटिभ र ५६२ जनाको पोजेटिभ आएको छ । अहिलेसम्म कूल नौ हजार ५१९ जनाको पिसिआर जाँच गरिएको तथा तीन हजार २९३ जनाको आरडिटी गरिएको थियो । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi