neapl investment mega bank
  • गृहपृष्ठ
  • अज्ञात समूहको आक्रमणबाट घाइते भएका वडाध्यक्षलाई उपचारका लागि काठमाडौंँ लगियो

अज्ञात समूहको आक्रमणबाट घाइते भएका वडाध्यक्षलाई उपचारका लागि काठमाडौंँ लगियो

Jun 30th, 2020

तुलसीपुर, १६ असार

अज्ञात समूहको आक्रमणबाट घाइते हुनुभएका दाङको शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीलाई हेलिकप्टर चार्टर गरी काठमाडौंँ लगिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार अज्ञात समूहको प्रहारबाट टाउको, खुट्टालगायतमा चोट लागेका डाँगीको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि आज अपराह्न साढे ४ बजे काठमाडौँ लगिएको हो ।

चार जनाको समूहमा आएका व्यक्तिले वडाध्यक्ष डाँगीलाई मध्याह्न १२ बजे वडा कार्यालय नजीकै आक्रमण गरेको प्रहरीले बताएको छ । घटनास्थल नजीकै नेत्रविक्रम चन्द समूहको पर्चासमेत भेटिएको जनाइएको छ । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi