neapl investment mega bank
  • गृहपृष्ठ
  • वर्षको अन्त्यमा आएर खर्च गर्ने प्रवृतिका कारण पुँजीगत खर्च ३२ प्रतिशत मात्रै

वर्षको अन्त्यमा आएर खर्च गर्ने प्रवृतिका कारण पुँजीगत खर्च ३२ प्रतिशत मात्रै

Jun 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असार १६

वर्षको अन्त्यमा आएर मात्रै बिकास खर्च गर्ने प्रवृतिका कारण यसपाली पनि बिकास बजेट न्युन मात्रामा मात्रै खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म बिकासका लागि छुट्टाएको जम्मा ३२ प्रतिशत खर्च भएको छ ।

विकास निर्माणका काम समयमै अघि नबढ्ने र वर्षको अन्त्यमा आएर मात्रै खर्च हुने प्रवृति अन्त्य गर्न संविधानमा जेठ १५ मा नै बजेट ल्याउने बाध्यकारी व्यवस्था गरियो । तर खर्च गर्ने प्रवृतिमा भने अहिले पनि कुनै सुधार नै छैन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्ममा जम्मा १ खर्ब ३३ अर्ब २० करोड ५४ लाख रुपैयाँ बिकास खर्च भएको छ । जुन लक्ष्यको ३२ दशमलव ६५ प्रतिशत मात्रै हो । लकडाउनका कारण निर्माण कार्यहरु प्रभावित भएका छन् । जसका कारण पनि यो वर्ष बिकास खर्च बढ्न नसकेको हो । तर वर्षका नौ महिनामा पनि सरकारको बिकास खर्चको प्रवृति पुरानै थियो ।

लकडाउन अघिसम्म सरकारले ४ खर्ब ८ अर्बमध्ये जम्मा १ खर्ब ३ अर्ब ५० करोड ८९ लाख रुपैयाँ खर्च भएको थियो । बिकास निर्माणका कार्यमा भुक्तानी दिनका लागि सरकारसँग रकम अभाव भने नरहेको महालेखा नियन्त्रक कार्यालय बताउँछ ।

बजेट निर्माणका क्रममा नै संभाव्यता अध्ययन तथा बिस्तृत परियोजना प्रतिबेदन तयार नभएका आयोजनामा समेत बजेट छुट्याउने गरिएको छ।

तयारी आयोजनामा पनि सुरुवातमा काम नगरि वर्षको अन्त्यमा हतार हतार काम गर्ने र नियमन नगर्ने प्रचलन छ। साथै समयमै निर्माण गरेका आयोजनाको भुक्तानी पनि पछि सम्म रोकेर राख्ने प्रवृतिका कारण पनि बिकास खर्च वर्षको अन्त्यमा गएर मात्रै ह्वात्तै बढ्ने गरेको देखिन्छ ।

यो पटक त बिषम परिस्थतीका कारण खर्च गर्न नसकेको भन्ने सरकारसँग छुट छ । तर, खर्च हुन संभव नहुने आयोजनामा बजेट छुट्याउने राजनीतिक प्रवृति र वर्षको अन्त्यमा मात्रै काम गर्ने ठेकेदारहरुसँग मिलेमतो गर्ने कर्मचारीतन्त्रमा भने सुधार आउनु आवश्यक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi