neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध रुपमा ल्याउँदै गरेको १३ लाख मूल्य बराबरको केराउ बरामद

अवैध रुपमा ल्याउँदै गरेको १३ लाख मूल्य बराबरको केराउ बरामद

Jun 29th, 2020

कपिलवस्तु, १५ असार

मायादेबी गाउँपालिका-४ चाकरचौडाबाट लु.१ ख ८९५१ नम्बरको ट्रकमा अवैध रुपमा ल्याउँदै गरेको करिब १३ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको सेतो केराउ आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले चाकरचौडाबाट पकडीतर्फ जाँदै गरेको उक्त ट्रक जाँच गर्ने क्रममा ट्रकमा ५ सय ३० वटा बोरामा रहेको उक्त रुपैयाँ मूल्य बराबरको केराउ फेला पारी बरामद गरेको हो ।

ट्रक सहित बरामद भएको केराउ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुथौली कपिलवस्तुमा बुझाइएको जिल्ला प्रहरीले कार्यालय कपिलवस्तले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi