neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय वाणिज्य बैंकद्धारा केयर रेटिङ्गसमा ए प्लस प्राप्त

राष्ट्रिय वाणिज्य बैंकद्धारा केयर रेटिङ्गसमा ए प्लस प्राप्त

Jun 29th, 2020

काठमाडौं, असार १५

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङ्गस नेपालद्धारा गरिएको रेटिङ्गसमा ए प्लस रेटिङ्गस प्राप्त गरेको छ । केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए ।

राष्ट्रिय वाणिज्य बैंक गत आ.व. २०७५/०७६ मा सबैभन्दा बढी पांच अर्ब चार करोड रुपैंया मुनाफा कमाउन सफल भएको र आ.व. २०७४/०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ । हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।