neapl investment mega bank
  • गृहपृष्ठ
  • असारे विकास, ठेकेदारलाई मस्ती, जनतालाई सास्ती

असारे विकास, ठेकेदारलाई मस्ती, जनतालाई सास्ती

Jun 29th, 2020

आधारभूमि संवाददाता
भक्तपुर, १५ असार

विकासमै अब्बल मानिएको सूर्यविनायक नगरपालिकाको बालकोटमा दैनिक आवत जावतमा निकै कठिन परिस्थति सृजना भएको छ । बर्खाको समयमा ललितपुर र भक्तपुर जोड्ने उक्त सडकमा दैनिक ४ देखि ५ मोटरसाइकल चिप्लेर लड्ने र पैदल यात्रुहरुलाई समेत बाटो हिड्न असहज भएको स्थिानीय रामेश्वर श्रेष्ठले बताए । उनका अनुसार उक्त बाटोमा पैदल यात्रु, मोटरसाइकल र चार पांग्रे सवारी साधनलाई आवत जावत गर्न निकै कठिनाई भइरहेको छ । श्रेष्ठले भने, “वर्षको अन्त्यमा बजेट सक्ने प्रवृति यहाँ पनि देखियो । स्थानिय सरकारले ग्रभेल गरे जस्तो गरेर ट्रिपरमा माटो ल्याएर छरेका छन् । पानी पर्यो भने बाटो झन चिप्लो हुन्छ र बाटो हिड्नेलाई झन खतरा हुन्छ ।” बाटोको यस्तो अवस्थाका कारण अपतकालिन स्थितिमा आवत जावत गर्न निकै खतरापूर्ण रहेको अर्का स्थिानीय नारायण श्रेष्ठले बताए ।

चांगाथलीबाट बालकोट जाने क्रममा निर्माणाधिन बाटोमा चिप्लीएर लडेकी स्थिानिय कान्छीमाया नेपालीले भनिन्, “बाटोको किनारा भएर हिड्दा चिप्लीएर लडे र झन्डै खुट्टा भाचिएको थियो । साथमा दुई जना साथी नभएको भए कति बेर हिलोमा गाडीएरु बस्नु पर्ने थियो । यो सडक होइन, यात्रुहरुका लागि धराप हो । सरकारले पैसा मात्र हेर्न की विकास पनि हेर्ने ?”

भक्तपुरकै अन्य सडकहरुमा पनि सडक मर्मतका नाममा बजेट सक्ने प्रवृति रहेको छ र सरकारको यस्तो प्रवृतिले स्थिानीयहरुले निकै सास्ती खेप्नु परेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi