काठमाडौ, असार १५
कोरोना भाइरसको महामारीसंगै गरिएको लकडाउनका कारण आर्थिक तथा ब्यवसायिक कारोवारमा नकारात्मक प्रभाव परेको अवस्थालाई मध्यनजर गरि मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई अशेस्वर महासेठले घरभाडामा सहुलियत दिएका छन् । संकटको घडीमा लघुवित्त वित्तीय संस्थालाई घरभाडा छुट दिएर धनुषाका महासेठ हजारौ घरबेटीका निम्ति उदाहरण बनेका छन् ।
ब्यवसाय ओरालो लागेको अवस्थालाई नेपाल सरकारले घरबेटीहरुलाई घरभाडा छुट गर्न आग्रह गरिरहेको छ । प्रायः घरबेटीलेहरुले साह्रै न्युन आय भएकाहरु बाहेकलाई घरभाडा छुट दिएका छैनन् । कतिपय दैनिक ज्याला मजदुरी गर्नेहरुले तिर्न सक्ने अवस्था नहुदा पनि छुट दिइरहेका छैनन् । तर जनकपुर उपमहानगरपालिका २१ कुर्था धनुषामा रहेको मेरो माइक्रो फाइनान्सको कुर्था शाखा कार्यालयलाई एक महिनाको घरभाडा छुट दिएर घरबेटी महासेठले सामाजिक दायित्व निर्वाह गरेको शाखा कार्यालयका प्रमुख इन्द्रजित कुमार यादबले जानकारी दिए ।
‘लकडाउनका कारण अर्थतन्त्र ओरालो लागेको अवस्था छ, ब्यवसायी हतोत्साही बनिरहेकोले अहिलेको अवस्था सहज छैन । र सरकारले पनि एक महिनाको भाडा नलिन आब्हान गरेकोमा आफूले पनि मानबताको भूमिका निर्वाह गरेको’ महासेठले बताए । त्यस्तै, तिन महिनादेखि ठप्प रहेको ब्यापार ब्यवसायलाई ध्यान दिएर कोरोना भाइरससंगै लड्दै र संकटको बेला एक अर्कालाई साथ दिनुपर्ने बताए । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको छ ।
त्यसको साथै बिभिन्न स्थानीय तहहरुलाई पनि राहत तथा आर्थिक सहयोग गरिरहेकोे छ ।
मेरो माइक्रो फाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लमा १२० शाखा कार्यालय र लालगढ अनुगमन कार्यालय धनुषा अन्र्तगत ४ जिल्लामा ९ शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।