neapl investment mega bank
  • गृहपृष्ठ
  • कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

Jun 28th, 2020

धनुषा, असार १४

आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोगमा हंसपुर नगरपालिका-५ बस्ने २५ वर्षीय सुरेश सदालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुरेशको कुटपिटबाट गम्भीर घाइते भएकी रुन्चीको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुगानिकाशबाटर जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi