neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारले सलहको संकट थप हुँदा समस्या कसरी सम्बोधन गर्छ भन्नेमा राप्रपाको चिन्ता

सरकारले सलहको संकट थप हुँदा समस्या कसरी सम्बोधन गर्छ भन्नेमा राप्रपाको चिन्ता

Jun 28th, 2020

काठमाडौ, असार १४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ र राजस्व अभावबाट हारेको सरकारले सलहको संकट थप हुँदा समस्या कसरी सम्बोधन गर्छ भनेर चिन्ता प्रकट गरेका छन् ।

सलह देशमा भित्रिएपछि खाद्य अभाव सिर्जना हुन सक्ने भन्दै अनिकाल र महामारीको दोहोरो चपेटमा देशमा विकराल स्थिति पैदा हुने खतराप्रति उनले सरकारलाई सजग तुल्याएका छन् ।
‘कोभिड–१९ सँग हार खाएको सरकार राजस्व संकटबाट थिलथिलिएकै थियो । अब त सलहको समस्या समेत आइलागेको छ । सलहको संकटले खाद्य अभाव सिर्जना हुन सक्छ,’ राप्रपा अध्यक्ष राणाले आइतबार ट्वीट गर्दै भने ।

‘मध्ययुगमा झैं अनिकाल र महामारीबाट देशमा विकराल स्थिति पैदा हुन सक्छ । समय साधारण छैन । सरकारले समस्या कसरी सम्बोधन गर्छ ?’ उनले भने ।