काठमाडौ, असार १४
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रिय सचिवालय सदस्यहरुमा नौ जनालाई मनोनयन गरेको छ । राप्रपाका अनुसारविधान बमोजिम अध्यक्षत्रय पशुुपती शमसेर जवरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापालेले केन्द्रीय सचिवालय सदस्यमा निलकण्ठ काफ्ले (नवलपुर), भक्ति प्रसाद सिटौला (झापा), भरत रायमाझी (काठमाण्डौ), इन्द्र चित्रकार (काठमाण्डौ), राजाराम बर्ताैला (मकवानपुर) बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरत प्रसाद पाठक (नुवाकोट) र मिना शाही (ललितपुर) लाई मनोनयन गरेका हुुन ।
यसका साथै आज आईतबार नै बसेको सचिवालयको बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकोमा तीन वटै अध्यक्षलाई हार्दिक धन्यवाद समेत दिएको छ ।