neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रोत नखुलेको नेपाली नगद १८ लाख सहित ३ पक्राउ

श्रोत नखुलेको नेपाली नगद १८ लाख सहित ३ पक्राउ

Jun 28th, 2020

महोत्तरी, असार १४

मनराशिष्वा नगरपालिका २ भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका २ बस्ने १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय संजयकुमार साहर २७ वर्षीय जय कुमार साह रहेका छन् । उक्त १८ लाख रुपैयाँ मध्ये रोहितको साथबाट ९ लाख रुपैयाँ, संजयको साथबाट ३ लाख ५० हजार रुपैयाँ र जयकुमारको साथबाट ५ लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज.११प ८१०८ नम्बर र प्रदेश २-०३-००३ प ४०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi