neapl investment mega bank
  • गृहपृष्ठ
  • बालयौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

बालयौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

Jun 27th, 2020

सुनसरी, असार १३

९ बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धरान उपमहानगरपालिका १५ बस्ने ३० वर्षीय नगेन्द्र बराइलीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

बराइलीले ती बालिकालाई असार १ गते बिहानको समयमा यौन दुर्व्यबहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बराइली उपर बाल यौन दुरुपयोग शीर्षकमा मुद्धा दर्ता भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi