neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा प्रवेशबारे अध्ययन शुरु

प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा प्रवेशबारे अध्ययन शुरु

Jun 27th, 2020

जनकपुरधाम, १३ असार

प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा देखिएको सन्दर्भमा प्रदेशका कृषि वैज्ञानिकहरूले अध्ययन शुरु गर्नुभएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकको टोलीले कीरा प्रवेशका सन्दर्भमा अध्ययन शुरू गर्नुभएको हो । कृषि वैज्ञानिकहरू सर्लाही जिल्लाको तेलबाली अनुसन्धान केन्द्रमा बसी अध्ययन गरिरहनुभएको जनाइएको छ ।

राज्यमन्त्री यादवले आज बिहान प्रदेशका विभिन्न जिल्लामा बथानमा देखिएको कीरा सलह नै भएको पुष्टि भएकाले यसबारे गहन अध्ययन र निरूपणबारे कृषि वैज्ञानिकहरूले कार्य प्रारम्भ गर्नुभएको बताउनुभयो । वैज्ञानिकहरूले कीराको प्रवेश नाका, सङ्ख्या र नियन्त्रणका आधार पहिल्याउनेबारे अनुसन्धानसमेत शुरु गर्नुभएको बताइएको छ ।रासस

aadharbhumi
aadharbhumi
aadharbhumi