neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरी पैठारीको सामानसहित पक्राउ

एपीएफ टोलीद्वारा चोरी पैठारीको सामानसहित पक्राउ

Jun 27th, 2020

धनुषा, असार १३

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ७ स्थित माछा बजार ईलाकाबाट असार १३ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा सुर्तिजन्य पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको मुसरनिया गाँउपालिका ५ बस्ने राज शर्मा र जनकपुर उपमहानगरपालिका १० बस्ने सुरेन्द्र महतो छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेस जनकपुरबाट खटिएको एपीएफ टोलीले उक्त सामानसहित पक्राउ गरेको हो । ज ९ प ३८ नम्बरको मोटरसाइकल र अर्को एउटा नम्बर प्लेट नभएको मोटरसाइकलमा राखेर भन्सार छली अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा तथा सुर्तिजन्य पदार्थ फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद सामान तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीयभन्सार कार्यालयमा बुझाइएको छ । बरामद सामान तथा मोटरसाइकलको भन्सार दाखिला मूल्य एक लाख ८७ हजार ६ सय रुपैयाँ रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi