neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

Jun 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१२ असार

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार एक महिलाको मृत्यु भएको जानकारी दिए ।

असार ११ गते अन्दाजी २५, ३० वर्षीया महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिक अचेत अवस्थामा प्रहरीले भेटाएको र उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र जाच गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गम्भीर बिरामी अवस्थामा भेटिएकी उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको हालसम्म नाम ठेगाना नखुलेको र उनको परिवारसँग सम्पर्क स्थापित गर्ने कोशिस भइरहेको प्रवक्ताले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi