neapl investment mega bank

पहिरोमा पुरिएर मृत्यु तथा सडक अवरोध

Jun 26th, 2020

काठमाडौं, १२ असार

सल्यान, कालिमाटी गाउँपालिका-६ सिरेनी बस्ने ७० वर्षीया डिल्ली बहादुर आलेको पहिरोमा पुरिएर मृत्यु भएको छ । घरबाट घाँस काट्न भनी मंगलबार जंगल गएकोमा घर फर्की नआए पश्चात आफन्तले खोजी गर्ने क्रममा घर देखि अन्दाजी ५ सय मिटर टाढा डाङडुङे खोलाको किनारामा पहिरोमा पुरिएर मृत्यु भएको अवस्थामा शुक्रबार दिउँसो उनको शव फेला परेको हो ।

मकवानपुर, भिमफेदी गाउँपालिका-६ जुरिखेतस्थित हेटौंडा-कुलेखानी सडकमा शुक्रबार बिहान बर्षाको कारण आएको पहिरोका कारण बाटो अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले पहिरो हटाउने कार्य गरिरहेको छ । घटनास्थलमा प्रहरीले थप उद्दार कार्य एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi