neapl investment mega bank
  • गृहपृष्ठ
  • बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

Jun 26th, 2020

रुकुम(पूर्व), १२ असार

जबरजस्ती करणी गरेको अभियोगमा भुमे गाउँपालिका-२ खवाङमा बस्ने २३ वर्षीय गोरे श्रीष र २९ वर्षीय कमल रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने माईजुको घरमा आएकी १३ वर्षीया बालिकालाई असार ६ गते श्रीषले तथा बालिकाकै माईजुलाई रेग्मीले असार ९ गते जबरजस्ती करणी गरेको भन्ने शुक्रबार बिहान खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काँक्रीबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi