neapl investment mega bank
  • गृहपृष्ठ
  • समाचार संकलनमा रोक लगाएकोप्रति महासंघको ध्यानाकर्षण

समाचार संकलनमा रोक लगाएकोप्रति महासंघको ध्यानाकर्षण

Jun 26th, 2020

काठमाडौ, असार १२

नुवाकोटस्थित विदुर नगरपालिकाकोे निमन्त्रणामा सातौं नगरसभाको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरुलाई सभा अध्यक्ष तथा नगरपालिकाका प्रमुखले नगरसभाको समाचार संकलन गर्न नमिल्ने भन्दै समाचार संकलनमा रोक लगाउँदै पत्रकारविरुद्ध दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले बिज्ञप्ती जारी गर्दे भनेको छ, असार १० गते नुवाकोटको बट्टारस्थित होटल सताञ्चुलीको सभाहलमा आयोजित विदुर नगरपालिकाको सातौं नगरसभाको निमन्त्रणा पाएपछि समाचार संकलनका लागि सभास्थल पुगेका सञ्चारकर्मीहरुलाई सभामा केही जनप्रतिनिधिहरुले नाराबाजी गरेर सभा अवरुद्ध गरेपछि सभा अध्यक्ष एवं नगरपालिकाका प्रमुखले ‘पत्रकारका कारण सभा अमर्यादित हुनसक्ने भएकाले ननिस्के जसरी पनि निकाल्ने’ भन्दै नगरसभाको समाचार संकलनमा रोक लगाएका थिए ।

स्थानीय तहको जिम्मेवार निकाय नगरपालिकाका प्रमुखबाट पत्रकारहरुलाई कार्यक्रममा बोलाएर उल्टै पत्रकारविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिँदै समाचार संकलनमा रोक लगाएको यो घटना आफैंमा निन्दनीय र लज्जास्पद छ । यो घटनाले संविधानले सुनिश्चत गरेको प्रेसको अधिकारमा आघात पुग्नुका साथै प्रेसको सम्मान र मर्यादमा समेत ठेस पुगेको महासंघको ठहर छ । महासघं प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने यस्ता कार्य नियन्त्रणमा गम्भीर हुन सम्बन्धित निकायसँग माग गर्दछ, महासंघले भनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi