काठमाडौ, असार ११
कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण बिदेशमा अलपत्र परेका १२ सय भन्दा बढी नेपाली स्वदेश फिर्ता भएकाछन । सिसिएमसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा आज बिहिबार रातीसम्म पाँच वटा देशबाट सात वटा उडानमार्फत उक्त संख्यामा नेपाली स्वदेश फर्किएका हुुन ।
सो मध्ये युएईबाट एक सय ५४, कतारबाट एक सय ५६, कुवेतबाट एक सय ४९, बेलायतबाट एक सय ४६, जापानबाट दुुई सय ४४, कतारबाट एक सय ४६ र युएईबाट एक सय एक सय ९० समेत गरी झण्डै १२ सय जनालाई स्वदेश फिर्ता गरिएको हो ।
उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिड सेन्टरहरुमा लगिएको छ । त्यहाँ उनीहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहहरुले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाईएको सिसिएमसीले जनाएको छ ।