neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर ५ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर ५ जनाको मृत्यु

Jun 25th, 2020

काठमाडौं, ११ असार

सप्तरी, डाक्नेश्‍वरी नगरपालिका-९ लक्षनपटी बस्ने ३० वर्षीया ललिता देवी यादवको चट्याङ लागेर बिहीबार बिहान मृत्यु भएको छ । आफ्नै खेतमा धान रोप्ने क्रममा चट्याङ लाग्दा उनको मृत्यु भएको हो ।

यसैगरी सप्तरी, राजगढ नगरपालिका-४ बस्ने ४६ बर्षीय केशी लाल साहको चट्याङ लागेर बिहीबार बिहान मृत्यु भएको छ । आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यसैगरी सप्तरी, महदेवा गाउँपालिका-२ बस्ने ६० वर्षीय छेदि ठाकुर र २७ वर्षीय बेचन यादवको चट्याङ लागेर बिहीबार बिहान मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा पूजा गर्न गएको अवस्थामा चट्याङले लागेर गम्भीर घाइते भएको दुवै जनाको उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

कपिलवस्तु, शिवराज नगरपालिका-११ थुन्हिया बस्ने ४५ वर्षीय सत्यनारायण कुर्मीको चट्याङ लागेर बिहीबार बिहान मृत्यु भएको छ । आफ्नै खेतमा रोपाई गर्न गएको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि संजिविनी अस्पताल चन्द्रौटातर्फ लैजाने क्रममा बाटोममै मृत्यु भएको हो ।

मोरङ, सुनवर्सी नगरपालिका-५ रमनपुर टोल बस्ने ७० वर्षीय महादेवलाल दासको चट्याङ लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा धान रोपी रहेको अवस्थामा अबिरल वर्षासंगै परेको चट्याङ लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । घटनास्थलमा स्थानीय प्रहरी टोली खटिई गई कानूनी प्रकृया पुरा गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi