neapl investment mega bank
  • गृहपृष्ठ
  • संकटको घडीमा नीजि क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन

संकटको घडीमा नीजि क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन

Jun 25th, 2020

काठमाडौ, असार ११

संकटको घडिमा नीजि क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन भएको राप्रपाले जनाएको छ । राप्रपाले बिज्ञप्ती जारी गर्दे भनेको छ, आज देश ठूलो आर्थिक संकट र बेरोजगारीको भूमरीमा परेको छ । यस्तो अवस्थामा देशको नीजि क्षेत्रको मनोवल बढाई साथ लिएर संकटसँग जुध्ने सरकारी रणनीति हुनुपर्ने हो । तर यसको ठिक विपरित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र बारे तर्जुमा गरिएको नयाँ विधेयकमा अख्तियारले नीजि क्षेत्र माथि कारवाही गर्न पाउने प्रावधान प्रस्ताव गरिएको छ । देशको अर्थव्यवस्था माथि आएको यस संकटको घडिमा नीजि क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत छ । अतः यो प्रावधान अगाडि वढाउनुु हुुदैन, राप्रपाले भनेको छ ।

यस बर्ष नेपालमा कृषिको लागि पर्याप्त बर्षा हुने अनुमान छ । अतः यो स्थितिको फाइदा उठाउन समयमै मल किसानले पाउनु पर्दछ । तर देशमा मलको हाहाकार छ र उत्पादन बृद्धि गर्ने मौकाबाट किसानहरु बञ्चित हुँदैछन् । नेपाल सरकारले मल पु¥याउन सकेको छैन । यो स्थितिमा अविलम्ब सुधार गरियोस् र किसानहरुलाई मलको व्यवस्था गरियोस राप्रपाका त्रय अध्यक्ष पशुपती शमसेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।