neapl investment mega bank

चक्कु प्रहार गरी श्रीमतीको हत्या

Jun 25th, 2020

काठमाडौं, ११ असार

आफ्नै ४० वर्षीया श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा टोखा नगरपालिका-३ बानियाटार हाईट बस्ने ४३ वर्षीय कृष्ण हरि बानियाँलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

कृष्ण हरिले चक्कु प्रहार गर्दा उनकै श्रीमतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट र महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi