neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या एक हजार ३३५ पुग्यो

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या एक हजार ३३५ पुग्यो

Jun 24th, 2020

सुर्खेत, १० असार

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घण्टामा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २८ जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ३३५ पुगेको छ ।

आज थपिएका सङ्क्रमितमध्ये सुर्खेतका १३, जुम्लाका चार, दैलेखका तीन, जाजरकोट र कालीकोटका एक/एकजना रहेका छन् । यस्तै अन्य सङ्क्रमितहरुमा दाङ, धनुषा, रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एक/एक जना महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठान जुम्लामा सङ्क्रमित हुनेहरुमा चार जना स्वास्थ्यकर्मी रहेका छन् ।रासस

aadharbhumi
aadharbhumi
aadharbhumi