काठमाडौ, असार १०
कोरोना भाईरस (कोभिड १९) का कारण बिदेशमा अलपत्र परेका एक हजार जना भन्दा बढी स्वदेश फिर्ता भएकाछन । सिसिएमसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा आज बुुधबार सात वटा मुुलुकबाट एक हजार भन्दा नेपाली नागरिकहरुको स्वदेश आगमन भएको हो ।
सिसिएमसीका अनुसार यसरी फिर्ता हुुनेहरुमा अष्टे«लियाबाट दुुई सय ५८, साउदी अरेबियाबाट एक सय ५४, दोस्रो बिमानमार्फत साउदी अरेबियाबाट दुुई सय ५५, युुएईबाट एक सय ५२, कुुवेतबाट एक सय ५५, मलेसिया चार जना र अमेरिकाबाट दुुई सय ८२ जना स्वदेश फर्किएका हुुन । उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ । त्यहाँ उनीहरुश्र सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहहरुले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाउने तयारी भई रहेको सिसिएमसीले जनाएको छ ।