neapl investment mega bank
  • गृहपृष्ठ
  • पछिल्लो २४ घण्टामा ११४ जना डिस्चार्ज ,डिस्चार्ज हुनेको सङ्ख्या २३३८ पुग्यो

पछिल्लो २४ घण्टामा ११४ जना डिस्चार्ज ,डिस्चार्ज हुनेको सङ्ख्या २३३८ पुग्यो

Jun 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असार १०

नेपालमा पछिल्लो २४ घण्टामा ११४ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट ११४ जना डिस्चार्ज भएको बताए । डिस्चार्ज हुनेमा १०६ जना पुरुष र ८ जना महिला रहेको गौतमले बताए । यस अघि मंगलबार ७६ जना डिस्चार्ज भएका थिए।

योसहित नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या २३३८ पुगेको छ । जसमा महिला १९७ र पुरुष २१४१ जना रहेका छन् । प्रवक्ता अनुसार हालसम्म रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi