neapl investment mega bank

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

Jun 24th, 2020

काठमाडौं, १० असार

बाँके, राप्तीसोनारी गाउँपालिका-१ सिक्टाको जंगलस्थित सडकमा बा.१४ च २७८९ नम्बरको कार मंगलबार दिउँसो अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना हुँदा कार चालक चितवन भरतपुर महानगरपालिका-१२ बस्ने ४१ वर्षीया कमल राज लम्साल सहित २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-८ खोलाटोलीस्थित सडकमा पूर्वबाट आउँदै गरेको को.३९ प ५५७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ईनरुवा नगरपालिका-७ बस्ने ३५ वर्षीय साइकलयात्री मोहमद नजुन मिँयाको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi